Social Studies from Class 11 to class 12 in Nepal Kriti Publications

सामाजिक शिक्षा विषय माध्यमिक शिक्षाको कक्षा ११ मा अध्यापन हुने अनिवार्य विषय हो । यस पाठयपुस्तकले माध्यमिक शिक्षा पाठयक्रम २०७६ को सामाजिक शिक्षा पाठयक्रमको सम्पूर्ण विषयवस्तु समेटदछ । यसमा सामाजिक अध्ययनको विधि, मानव समाजको विकास प्रक्रिया, विश्वको भूगोल देखि नेपालको ऐतिहासिक विकासक्रम समेटिएको छ । सामाजिक पहिचान, जातजाती, वर्गको साथै नेपालको संविधान र नागरिकको कर्तव्य र अधिकारका विषयमा चर्चा गरिएको छ । मानव वस्ती, यसले सामाजिक जीवनमा पार्ने प्रभाव, नेपालमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच, नेपालको अर्थतन्त्रको विविध आयामको बारेमा उल्लेख गरिएको छ । यस पुस्तक नेपालको विदेश नीति र समसामयीक घटना र यसले नेपाली समाजलाई पार्ने प्रभावको बारेमा विश्लेषण गरिएको छ । सामाजिक शिक्षा विषयवस्तु कक्षा ११ मा अध्ययन गर्ने किशोर किशोरीहरूलाई समाजका विभिन्न आयामहरूको ज्ञान दिन तयार पारिएको हो । यस तहमा अध्ययन गर्ने किशोर किशारीहरू समाजसँग घुलमिल हुन नसक्दा विभिन्न समस्या झेलिरहेका छन । यस विषयवस्तु मार्फत यस उमेर समूहका मानिसहरूले जीवनलाई सहि दिशामा लान सक्ने अपेक्षा राखिन्छ । त्यसैगरी, उनीहरूले समाजमा एक नागरिकको हैसियतले योगदान दिन सक्नेछन । यस पुस्तक साधारण भाषामा विषयवस्तुलाई सरलीकृत ढङगले लेखिएको छ । आवश्यकता अनुसार चित्र, नक्सा र तालिकाहरू राखेर सिकाइलाई सहज हुने गरी पाठहरू विकास गरिएका छन । आफुले सिकेको कुरा स्वमूल्याङ्कनको लागि प्रश्नहरू पनि राखिएका छन । यस पुस्तक लेखनमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं । त्यसैगरी यस पुस्तकको प्राविधिक पक्षमा सहयोग गरी लिपीवद्ध गरिदिने कम्प्यूटर प्राविधिक र प्रशासन गृह प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।
यस पुस्तक लामो अध्ययन, छलफल र अन्तरक्रिया पश्चात विद्यार्थीको सिकाइ अभिवृद्धिको लागि तयार पारिएको छ । विषयवस्तुमा पूर्णता र त्रुटिरहित बनाउने प्रयास गरिएतापनि कहिकतै मानवीय भूल भएको हुन सक्दछ । यसकारण हामी पाठकहरू प्रति रचनात्मक सुझावको अपेक्षा राख्दछौं र दिएको सुझावलाई हार्दिकताको साथ अवलम्बन गर्नेछौं र तदनुसार परिमार्जन गर्दै लानेछौं ।