तिमीले सोंचेका थ्यौं खरानी होला भनेर,
मैले लडेको हुँ सुनौलो विहानी होला भनेर ।
आफूले आफैंलाई कसरी हीरा साबित गरौं?
तिम्ले पनि उत्खनन गरिनौ, खानी होला भनेर ।
फुलेका दाह्री कपाल देखेर, घृणा नगर मलाई,
बाबु तैंले पनि सोचीस्, सधैं जवानी होला भनेर ।
रीस राग अहंकार, किन गर्छौं बाचुन्जेल?
बुझ्नुपर्छ संसार छोडी, जानी होला भनेर ।